SHARE
लोक पथ · सोमबार २२ असार २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

एभरेस्ट बैंकको कार्ड कारोबार अब एनसीएचएलको ईएफटी स्वीचमार्फत

काठमाडौं । एभरेस्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड प्रणाली नयाँ प्लेटफर्ममा सफलतापूर्वक स्थानान्तरण गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले सञ्चालन गरेको ईएफटी कार्ड स्वीच मार्फत कार्ड कारोबार सुरु गरेको जनाएको छ । अब बैंकका भिसा कार्ड सम्बन्धी इस्यु, अक्वायरिङ, कारोबारको प्रोसेसिङ र राउटिङ यही प्रणालीबाट हुनेछ ।