SHARE
लोक पथ · सोमबार २२ असार २०८३ ०८:५३ AM · 1 मिनेट पढाइ

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : भीष्मराज आङ्देम्बे [पूर्णपाठ]

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र संघीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले लामो इतिहास बोकेको संविधानमाथि अनावश्यक छेडखानी राम्रो नहुने बताए । ‘संविधान संशोधन जस्तो गम्भीर विषयमा अहिलेसम्म गम्भीर र घनिभूत संवाद हुन सकेकै छैन ।