SHARE
कालिका खबर · सोमबार २२ असार २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

कर्णाली राजमार्गको मापदण्ड छानबिन गर्न रास्वपा सांसदको माग

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेशकुमार सापकोटाले कर्णाली राजमार्ग निर्माण गुणस्तर र मापदण्डबारे छानबिन गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कर्णालीमा दुर्घटना दोहोरिनुको कारणबारे गम्भीर अध्ययन आवश्यक रहेको बताए । उनले भने, ‘योभन्दा अगाडिको सरकारले यो राजमार्ग बनायो । के यो राजमार्ग बनाउन लायकको थियो ? यदि यो राजमार्ग मापदण्ड अनुसार छैन भने तत्कालीन सरकारको पालामा राजमार्ग बनाउने इन्जिनियर, ठेकेदारहरूलाई पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ ।