कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रमेश प्रसाईँले मागे गृहमन्त्रीको जवाफ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले कर्णाली राजमार्गमा बारम्बार भएका सवारी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद प्रसाईँले कर्णाली राजमार्गमा बारम्बार हुने सवारी दुर्घटनाबारे सरकारसँग जवाफ माग गरेका हुन् । सांसद प्रसाईँले नागरिकको जीवन रक्षा गर्ने दायित्वबाट राज्य पन्छिन नपाउने बताए ।
