‘असारे घाँसे जुहारी’ सार्वजनिक
काठमाडौं । असार आफैँमा खेत जोत्ने, खन्ने र धान रोप्ने चटारोको महिना । यो बर्खामा कृषकको उत्सवलाई अझै रोचक बनाउन कलाकार राजेश ढकालले ‘असार १६, मौलिक असारे घाँसे जुहारी’ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । असारे भाकाको मौलिक गीतको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले ढकालले प्रत्येक वर्ष असारे गीत सिर्जना गर्दै आएका छन् ।
