SHARE
लोक पथ · सोमबार २२ असार २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

चीनको क्षेप्यास्त्र परीक्षणले बढायो चासो

बेइजिङ । चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । परीक्षणअघि नै क्षेत्रका केही राष्ट्रलाई जानकारी गराइएको भए पनि यस कदमले जापानसहितका देशहरूको चिन्ता बढाएको छ र दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य उपस्थितिमाथि नयाँ बहस सुरु भएको छ ।