SHARE
लोक पथ · सोमबार २२ असार २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

इन्टर्न चिकित्सकको श्रम शोषण अन्त्य गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले चिकित्सा शिक्षण संस्थामा अध्ययनरत एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले न्यून पारिश्रमिक र श्रम शोषण भोग्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ओलीले इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरिन् ।