प्रतिनिधिसभाका सांसद भन्छन्- कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन
नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले कर्णाली क्षेत्रको सडक पूर्वाधारको दयनीय अवस्था र बढ्दो सवारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कर्णालीका सडकहरू ‘मृत्युमार्ग’ मा परिणत भएको भन्दै राज्यको उदासीनताप्रति आक्रोश व्यक्त गरिन् ।
