कर्णालीमा नागरिक डुब्दा पनि सरकारले हेलिकप्टर पठाएन : ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा सरकारले उद्धारका लागि हेलिकप्टर परिचालन नगरेको भन्दै सरकारको कडा आलोचना गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विपद्का बेला हेलिकप्टरमार्फत उद्धार गर्ने प्रतिबद्धता सरकारले जनाए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको बताए ।
