‘हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै
नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत सिम्रन पाठकको व्यवहारमा पछिल्लो समय उल्लेखनीय परिवर्तन आएको छ । केही वर्ष अघिसम्म मोबाइलमा धेरै समय बिताउने, साना–साना कुरामा रिसाउने, अभिभावकसँग जिद्दी गर्ने र पढाइमा खासै रुचि नदेखाउने सिम्रन अहिले नम्र, अनुशासित र जिम्मेवार बनेकी छन् ।
