SHARE
पर्दाफास · सोमबार २२ असार २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

संसदमा श्रम संस्कृतिकाे प्रश्न- प्रधानमन्त्रीको अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने ?

श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउन कहिलेसम्म माग गर्नुपर्ने हो ? भन्दै संसदमा प्रश्न गरेकाे छ। उक्त पार्टीका महासचिवसमेत रहेका सांसद आर्यन राईले यसबारे साेमबार सभामुखको ध्यानाकर्षण गराएका हुन्। सांसद राईले प्रधानमन्त्री बालेन्द्र साहकाे ‘नेपालले पनि भारतको भूमि मिचेको’ छ भन्ने अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाउँदै संसदको रेकर्डबाट हटाउनुपर्ने माग दाेहाेर्याएका हुन्।