SHARE
पर्दाफास · सोमबार २२ असार २०८३ ०६:५४ AM · 1 मिनेट पढाइ

केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी

फिफा विश्वकपमा केप भर्डेको उत्साहजनक यात्रा अर्जेन्टिनासँगको ३–२ को हारसँगै शुक्रवार टुङ्गिएको छ । मैदानमा टोली पराजित भएपनि यस प्रदर्शनले स्वदेशमा भने नयाँ उत्साह र ऊर्जा सञ्चार गरेको छ । विशेषगरी राजधानी प्राइयामा रहेका बालबालिकाहरूमा राष्ट्रिय टोली ‘ब्लु साक्र्स’ बाट खेल्ने सपना पलाउन थालेको छ ।