सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न
जनकपुर। सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय नेतृत्वको सुदृढीकरण तथा स्थानीय सरकार र नीति निर्माण तहबिचको साझेदारीलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशस्तरीय सम्मेलन जनकपुरधाममा सम्पन्न भएको छ। प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान) मधेस प्रदेशद्वारा आयोजित सम्मेलनमा ‘सार्वजनिक शिक्षा रूपान्तरणमा विद्यालय नेतृत्व, स्थानीय सरकार र नीति निर्माणमा साझेदारी’ विषयमा छलफल गरिएको थियो।
