SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०५:५८ AM · 1 मिनेट पढाइ

तोलामा ९ सयले सस्तियो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले सस्तिएको छ । आइतबारको तुलनामा आज सुनको मूल्य घटेको हो । आज सुन प्रतितोला २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ४ हजार ५८५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।