SHARE
कालिका खबर · सोमबार २२ असार २०८३ ०४:४३ AM · 1 मिनेट पढाइ

अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा सवारी साधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार पालिकाको क्षेत्राधिकारभित्र अनधिकृत रूपमा मोटरसाइकल, टाँगा, रिक्सा, मिनी ट्रक लगायतका सवारी साधनमार्फत पूर्व स्वीकृतिविना व्यापार व्यवसाय गरिरहेको गुनासो आएपछि कडाइ गरिएको हो । हाल नगरपालिकाको पूर्व स्वीकृति नलिई बजार तथा ग्रामीण क्षेत्रमा पुगेर घुम्ती व्यापार गर्नेहरूमा अधिकांश भारतीय नागरिक रहेको पाइएको छ ।