SHARE
कालिका खबर · सोमबार २२ असार २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

ग्रामीण पर्यटन प्रवर्द्धनमा हातेमालो गर्दै कोशी प्रदेश पर्यटन कार्यालय र भिटोफ–नेपाल

काठमाडौं। कोशी प्रदेश पर्यटन कार्यालय, काकरभिटाका प्रमुख छविलाल खतिवडा र गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (VITOF-Nepal) को केन्द्रीय टोलीबीच आइतबार भिटोफ–नेपालको केन्द्रीय कार्यालय, ठमेलमा भेटघाट तथा समसामयिक पर्यटन विषयमा छलफल सम्पन्न भएको छ। छलफलमा ग्रामीण पर्यटनको दिगो विकास, स्थानीय समुदायको सहभागिता, होमस्टे प्रवर्द्धन, पर्यटन प्रवर्द्धनका सम्भावना तथा आगामी दिनमा दुवै संस्थाबीच सहकार्यका विभिन्न पक्षबारे विस्तृत विचार–विमर्श गरिएको थियो।