SHARE
पर्दाफास · सोमबार २२ असार २०८३ ०४:१८ AM · 1 मिनेट पढाइ

ट्रम्पको हस्तक्षेपपछि बालोगुनमाथिको प्रतिबन्ध स्थगित, बेल्जियमले जनायो आपत्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फुटबल टोलीका स्ट्राइकर फोलारिन बालोगुन माथिको स्वतः लाग्ने एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न व्यक्तिगत रूपमा दबाब दिएपछि फिफाले उनको निलम्बन स्थगित गरेको छ । अमेरिकी सञ्चारमाध्यम फक्स न्युजका अनुसार ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनो लाई फोन गरी बालोगुनमाथिको प्रतिबन्ध पुनरावलोकन गर्न आग्रह गरेका थिए ।