SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०२:४२ AM · 1 मिनेट पढाइ

गोल्डेन बुटको दौड रोचक बन्दै, मेस्सी–एमबाप्पे–हालान्ड समान ७ गोलसहित शीर्षस्थानमा

काठमाडौं। फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा रोमाञ्चक बन्दै गएको छ। प्रतियोगिताको नकआउट चरण जारी रहँदा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी, फ्रान्सका स्टार किलियन एमबाप्पे र नर्वेका एर्लिङ हालान्ड समान ७–७ गोलसहित शीर्ष स्थानमा रहेका छन्। गोल संख्यामा तीनै खेलाडी बराबरीमा रहे पनि गोल्डेन बुटको आधिकारिक टाइब्रेकरमा एमबाप्पे अगाडि छन्।