SHARE
पर्दाफास · सोमबार २२ असार २०८३ ०२:४६ AM · 1 मिनेट पढाइ

नर्वेसँगको हारसँगै नेयमारले गरे संन्यासको घोषणा

ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेयमारले भावुक बन्दै राष्ट्रिय टोलीबाट संन्यास लिएका हुन्। आइतबार राति न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा खेल सकिएको सिट्टी बज्नासाथ नेयमार मैदानमै रोएका थिए, जहाँ उनलाई सहकर्मीले सम्हालेका थिए।