SHARE
पर्दाफास · सोमबार २२ असार २०८३ ०१:२२ AM · 1 मिनेट पढाइ

नर्वे विश्वकपको क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा नर्वेले ब्राजिललाई २–१ ले पराजित गरेको छ । सम्पन्न खेलमा ब्राजिललाई २–१ ले हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । नर्वेका एर्लिङ हालान्डले खेलको ७९ औं र ९० औं मिनेटमा गोल गरेका हुन् । ब्राजिलका लागि अन्तिममा नेयमारले गोल फर्काएका थिए ।