SHARE
पर्दाफास · आइबार​ २१ असार २०८३ ०३:१६ PM · 1 मिनेट पढाइ

राष्ट्र बैंकको स्वायत्तता कमजोर हुनेगरी हस्तक्षेप नगर्न सुझाव

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी र दीपेन्द्रबहादुर क्षेत्रीले आगामी मौद्रिक नीति तयार गर्दा राष्ट्र बैंकको स्वायत्तता कायम राख्दै आर्थिक गतिविधि चलायमान बनाउने नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा पूर्वगभर्नर अधिकारीले राष्ट्र बैंक जति स्वतन्त्र र स्वायत्त हुन्छ, त्यति नै अर्थ मन्त्रालयलाई पनि सहज हुने बताए।