कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई
काठमाडौं । कमल राष्ट्रिय सुकर्म पुरस्कार (२०८२) पाल्पाका शिक्षाविद्, समाजसेवी, गणितज्ञ दिलबहादुर शाक्यलाई प्रदान गरिएको छ । जिल्लास्थित शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालद्वारा कमलराज रेग्मीका नाममा स्थापित उक्त पुरस्कारबाट शाक्यलाई प्रदान गरिएको हो । उनलाई रु ५१ हजार नगद, दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरिएको छ ।
