कैलालीमा १३ वर्षीय बालक सम्पर्कविहीन
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका- ६ मटियारीका १३ वर्षीय एक बालक सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय जगत कुवरका छोरा रिदम कुवर असार २० गते बिहान करिब ६ बजे विद्यालय जान्छु भन्दै घरबाट निस्किएका थिए।
