SHARE
अन्नपूर्ण · शुक्रबार​ ६ भौ २०८२ १२:०८ AM · 1 मिनेट पढाइ

विश्वकै सबैभन्दा वृद्ध महिला कति वर्षकी भइन् ?

काठमाडौं : संसारकै सबैभन्दा वृद्ध महिला एथेल क्याटरह्याम हुन्। उनी ११६ वर्षकी भएकी छन्।एथेल क्याटरह्याम इङ्गल्याण्डको सरेमा बस्छिन्। उनी संसारकै सबैभन्दा वृद्ध जीवित व्यक्ति हुन्। यसअघि यो रेकर्ड ब्राजिलियन नन सिस्टर इना क्यानबेरा लुकासको नाममा थियो।एथेल क्याटरह्यामको जन्म २१ अगस्ट १९०९ मा भएको थियो।क्याटरह्यामको जन्म टाइटानिक दुर्घटनाभन्दा तीन वर्ष अगाडि र रुसी क्रान्तिको आठ वर्ष अगाडि भएको थियो। उनी दुवै विश्वयुद्धकी साक्षी हुन्।