सांसदहरूको जोड- ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यलाई भेट्नेगरी मौद्रिक नीति आउनुपर्छ
सांसदहरूले आगामी मौद्रिक नीति सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यलाई सहयोग पुग्नेगरी आउनुपर्नेमा जोड दिएका छन् । आइतबार सिंहदरबारमा कसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो बताएका हुन् । बैंकिङ प्रणालीमा थुप्रिएको तरलता परिचालन, निजी क्षेत्रको मनोबल उकास्ने र परियोजनामुखी कर्जा विस्तार गर्नेगरी अगामी मौद्रिक नीति आउनुपर्नेमा उनीहरूको जोड छ ।
