कांग्रेसले १५औं महाधिवेशनलाई पेपरलेस बनाउने, विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने
नेपाली कांग्रेसले १५औं महाधिवेशनलाई परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको छ । कांग्रेसले महाधिवेशनलाई प्रविधिमैत्री बनाउने निर्णय गरेको हो । आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई ‘डिजिटलाइजेशन’ गर्ने र विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने निर्णय गरेको हो ।
