SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०१:२३ PM · 1 मिनेट पढाइ

चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग मिलेर दुई देशबीचको सम्बन्धलाई ‘दीर्घकालीन, स्वस्थ र स्थिर’ विकासतर्फ लैजान तयार रहेको बताएको प्योङयाङको राज्य सञ्चालित सञ्चारमाध्यम ‘कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)’ ले आइतबार जानकारी गराएको छ । गत महिना सी जिनपिङको उत्तर कोरिया भ्रमणपछि उनीहरूबीच उक्त कुराकानी भएको हो ।