SHARE
पर्दाफास · आइबार​ २१ असार २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

आईजीपी कार्की अमेरिका प्रस्थान, निमित्त प्रहरी प्रमुखको जिम्मेवारी एआईजी अधिकारीलाई

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की अमेरिका प्रस्थान गरेका छन्। उनी आइतबार साँझ अमेरिका प्रस्थान गरेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए। कतार एयरवेजबाट नेपाल प्रहरीका आईजीपी कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेल अमेरिका गएका हुन्। उनीहरू दोहा हुँदै अमेरिका पुग्ने प्रहरी प्रवक्ता काफ्लेले बताए।