कृषिमन्त्री चौधरीद्वारा नार्कका सम्पर्कविहीन २ कर्मचारी बर्खास्त
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का दुई कर्मचारी बर्खास्त भएका छन् । नार्कका अध्यक्षसमेत रहेका कृषि मन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएको उनको सचिवालयले जनाएको छ ।
