मध्यपूर्वमा तनाव कम भएसँगै ओपेक प्लसले पेट्रोलियम उत्पादन बढाउने सम्भावना
एजेन्सी । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक प्लस) ले उत्पादन कोटा बढाउने सम्भावना देखिएको छ । विश्लेषकले आइतबार एएफपीलाई दिएको जानकारीअनुसार आगामी बैठकमा उत्पादन विस्तारबारे निर्णय हुन सक्छ । साउदी अरब, रसियालगायत सात प्रमुख सदस्य राष्ट्रले अगस्ट महिनाको उत्पादन कोटाबारे अनलाइन बैठकमार्फत छलफल गर्नेछन् ।
