SHARE
पर्दाफास · आइबार​ २१ असार २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

अर्थविद् थापाको प्रस्ताव- कम्तिमा ३ वर्षलाई आधार बनाएर मौद्रिक नीति तयार गरौँ

अर्थविद् नरबहादुर थापाले आगामी आर्थिक वर्षको मौद्रिक नीति ३ देखि ५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित ल्याउनुपर्ने सुझाव दिएका छन् । आइतबार प्रतिनिधि सभाको अर्थसमितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उनले नेपालको वित्तीय क्षेत्र संरचनागत समस्याबाट गुज्रिरहेकोले दीर्घकालीन सोच राखेर मौद्रिक नीति ल्याउनुपर्ने सुझाव दिएका हुन् ।