SHARE
पर्दाफास · आइबार​ २१ असार २०८३ १२:१० PM · 1 मिनेट पढाइ

युरोपमा खेल्न सहज छैन : रोहित पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अवे कन्डिसनमा र युरोपमा खेल्न सहज नहुने बताएका छन् । विश्वकप लिग–२ को श्रृंखलाअन्तर्गत नेपाली टोलीले नेदरल्यान्ड्समा घरेलु टोली र नामिबियासँग जुलाई २१ तारिखदेखि त्रिदेशीय श्रृंखला खेल्ने तालिका छ । लिग–२ को अंकतालिकाका नेदरल्यान्ड्स नेपालभन्दा माथिको टोली हो ।