राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी
काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड दिएकी छन् । आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिसम्बन्धी छलफलका क्रममा धारणा राख्दै उनले मौद्रिक नीतिलाई थप पारदर्शी, वैज्ञानिक र विश्वसनीय बनाउन एमपीसी महत्त्वपूर्ण हुने बताइन् । त्यस्तो व्यवस्था विश्वका सफल केन्द्रीय बैंकहरूले अवलम्बन गरेको दृष्टान्त अधिकारीले प्रस्तुत गरिन् । अधिकारीले बाह्य स्वतन्त्र विज्ञ तथा अर्थशास्त्रीहरू सम्मिलित समितिले समीक्षा तथा मतदान प्रणालीमार्फत मौद्रिक नीतिसम्बन्धी निर्णय गर्नुपर्ने उल्लेख गरिन् ।
