SHARE
पर्दाफास · आइबार​ २१ असार २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

सरकार संविधान र संघीयता मास्ने दिशातर्फ अघि बढ्दैछ : प्रचण्ड

प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् ।