SHARE
पर्दाफास · आइबार​ २१ असार २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

‘लफङ्गा’ पाराले संविधान संशोधन हुन सक्दैन : गगन थापा

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै ‘लफङ्गा’ पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारले संविधान संशोधनको नाममा संविधान निर्माणको क्रममा राखिएका सूक्ष्म पक्षलाई हलुका रूपमा लिइरहेको टिप्पणी गरे ।