SHARE
पर्दाफास · आइबार​ २१ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

चक्लेटको प्याकेटभित्र लुकाएर गाँजा तस्करी, एक जना पक्राउ

चक्लेटको प्याकेटभित्र लुकाएर अवैध रूपमा लागूऔषध गाँजा नेपाल भित्र्याउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । थाइल्याण्डको बैंककबाट नेपाल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ उनलाई गरेको हो । पक्राउ पर्नेमा भारतको कोलकाता, पश्चिम बंगाल घर भएका ५७ वर्षीय हरि क्षेत्री रहेका छन् ।