पहिरोले देशका यी प्रमुख राजमार्ग अवरुद्ध, यात्रु र सवारी अलपत्र
काठमाडौं । देशका केही मुख्य राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । बझाङको छविसपाथीभेरा गाउँपालिका–जालेबगल क्षेत्रमा माथिबाट ढुंगासहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । यस्तै, आज बिहान सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ स्थित कोदारी नजिक अरनिको राजमार्गको इकु पहिरो क्षेत्रमा लगातारको वर्षापछि करिब ३० फिट सडक ५ मिटर तल भासिएको छ ।
