SHARE
पर्दाफास · आइबार​ २१ असार २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले नेपालका ठूला पूर्वाधार, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी भित्र्याउन बेलायतस्थित नेपाली डायस्पोरा र विदेशी लगानीकर्ताहरूलाई आह्वान गरेका छन् । लन्डनस्थित नेपाली दूतावासमा आयोजित व्यापार तथा लगानी प्रवद्र्धन सम्मेलनमा एक कार्यपत्र प्रस्तुत गर्दै आचार्यले त्यस्तो आह्वान गरेका हुन् ।