फलामको पाइपले हानेर बुबाको हत्या
धादिङ : धादिङको गंगाजमुना गाउँपालिका–४ यार्सा टोलमा छोराले फलामको पाइपले प्रहार गर्दा बुबाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार स्थानीय ६० वर्षीय धननारायण सुनारलाई उनका माइला छोरा ३५ वर्षीय सुजन सुनारले शनिबार अपराह्न करिब ४ः०० बजे घरायसी विवादका क्रममा फलामको पाइपले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी र स्थानीयवासी घटनास्थल पुगेका थिए । गम्भीर घाइते सुनारलाई उपचारका लागि फुलखर्क स्वास्थ्य चौकी लगिएको थियो ।
