सेयर बजारको ओरालो यात्रामा ब्रेक
काठमाडौं : बजेट घोषणापछि ओरालो यात्राको सेयर बजार असारको तेस्रो सातामा आइपुग्दा ब्रेक लागेको छ। यस साता ५ दिन सेयर कारोबार भएकोमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) २ दिन बढ्यो भने ३ दिन घट्यो। अघिल्लो साता भने सेयर बजार ५ दिनै घटेको थियो।अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २६४९.५१ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार दोहोरो अंकले घट्यो। त्यसदिन नेप्से १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा झर्यो। त्यसपछिको कारोबारको दिन मंगलबार पनि नेप्से उच्च अंकले घट्यो।
