इप्पानले पारित गर्यो ‘भिजन २०२९’, ऊर्जा क्षेत्रका लागि ५० बुँदे कार्ययोजना
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘इप्पान भिजन २०२९’ अन्तर्गत ५० बुँदे कार्ययोजना पारित गरेको छ । ऊर्जा क्षेत्रको विकास, लगानी संरक्षण र निजी क्षेत्रको सहभागिता सुदृढ बनाउन अध्यक्ष मोहनकुमार डाँगीको अध्यक्षतामा असार १९ र २० गते काभ्रेको धुलिखेलमा बसेको नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठकले उक्त कार्ययोजना अनुमोदन गरेको हो।
