SHARE
पर्दाफास · आइबार​ २१ असार २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरीको स्कुलमा करोडौं रकम हिनामिना, इन्स्पेक्टरसहित २ जना पक्राउ

कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको विद्यालयमा ११ करोड आर्थिक हिनामिना आरोपमा विद्यालयका लेखा प्रमुखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विद्यालयमा कार्यरत इन्स्पेक्टर तथा लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा रहेका छन्। उनीहरूलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। ‘दुई जनालाई हिजो पक्राउ गरेका हौं।