SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

पत्नीले प्रेमीसँग मिलेर गरिन् श्रीमानको हत्या, च्याट र कल रेकर्डबाट खुल्यो पोल

भारत : भारत हरियाणा रेवाडीमा पुणेको केतन अग्रवाल हत्या प्रकरण र इन्दौरको सोनम रघुवंशी घटनासँग मिल्दोजुल्दो अर्को घटना सार्वजनिक भएको छ । केही साताअघि प्रहरीले आत्महत्या ठानेर अनुसन्धान गरिरहेको २१ वर्षीय युवकको मृत्यु वास्तवमा हत्या भएको खुलेको हो । प्रहरीले मृतककी पत्नी र उनका प्रेमीले योजनाबद्ध रूपमा हत्या गरेको जनाएको छ ।प्रहरीका अनुसार आरोपी पत्नी तनुले सोधपुछका क्रममा आफ्ना प्रेमी सोनू र अन्य दुई साथीसँग मिलेर पतिको हत्या गरेको स्वीकार गरेकी छन् ।