खामेनीको अन्त्येष्टिमा ट्रम्पको टिप्पणी : चाहेमा एकै आक्रमणमा सबै नेतृत्व समाप्त पार्न सक्छु
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी रहेको खामेनीको अन्त्येष्टि कार्यक्रमबारे नयाँ अभिव्यक्ति दिएका छन् । उनले यदि चाहेको भए एकै आक्रमणमा इरानको बाँकी नेतृत्वलाई समाप्त पार्न सक्थे, तर उनले इरानले वार्ता गर्न चाहेकाले त्यसो नगरेको बताएका छन् । ट्रम्पले खामेनीप्रति श्रद्धाञ्जली दिन उपस्थित मानिसहरूको रुवाइलाई व्यङ्ग्य गर्दै भनेका छन्, ‘सायद यी नक्कली आँशु हुन् ।’ट्रम्पको यो टिप्पणी दुवै देशबीच शान्ति सम्झौता धेरै हदसम्म लागू भइसकेको अवस्थामा आएको हो ।
