SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

विमानस्थलस्थित अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन : अनिवार्य ढाका टोपी लगाउनू

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई अनिवार्यरूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन्। स्रोतका अनुसार शुक्रबार राति विमानस्थलको निरीक्षण तथा अनुगमनका क्रममा गृहमन्त्री गुरुङले नेपाली मौलिकता र राष्ट्रिय पहिचान झल्किने गरी कार्यालय समयमा कर्मचारीलाई ढाका टोपी लगाउन निर्देशन दिएका हुन्।