सरकारको सय दिनबारे उपेन्द्रः सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक पुनर्संरचनामा केन्द्रित
काठमाण्डु– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले गठन भएको १ सय दिनमा सुशासन र संस्थागत सुधारको प्रयास गरेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत सरकारबारेको धारणा सार्वजनिक गर्दै उनले सरकारको सय दिन सुशासनमा सुधार, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक पुनर्संरचना तथा राज्य संयन्त्रलाई प्रभावकारी बनाउने प्रयासमा केन्द्रित रहेको बताए ।
