शिक्षकहरूका ९५% माग पूरा गर्यौं : शिक्षामन्त्री पन्त
काठमाण्डु – शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकप्रति सकारात्मक प्रतिक्रिया पाएको भन्दै यसले शिक्षकहरूका ९५ प्रतिशत माग पूरा गरेको बताएका छन् । बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकहरूका ९५% माग पूरा गर्न सफल भएको बताए ।
