‘मनैमा सानुमाया’को फिमेल भर्सन ‘हासी हासी लजाउने’ सार्वजनिक
काठमाण्डु – भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको गीत ‘मनैमा सानुमाया’को फिमेल भर्सन ‘हासी हासी लजाउने’ सार्वजनिक भएको छ । टिकटक लगायत सामाजिक सञ्जालमा अत्याधिक रुचाइएको गीत दर्शक तथा स्रोताको माया र अत्यधिक मागपछि निर्माण टीमले गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ भर्सन ल्याएको छ ।
