सीमा कटाउनै लागेको अवस्थामा नेपाली बालिकाको उद्धार, भारतीय युवक पक्राउ
झापा : झापाको काँकडभिट्टा-पानीट्याङ्की सीमा नाकाबाट एक १५ वर्षीया नेपाली बालिकाको उद्धार गरिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ४१ बटालियन टोलीले ती बालिकाको उद्धार गरेको हो । एसएसबीले सीमा नाकाबाटै उद्धार नगरेको भए ती निर्दोष बालिका मानव तस्करहरूको पन्जामा पर्न सक्ने अनुमान गरिएको छ ।एसएसबीका अनुसार, पश्चिम बंगालको उत्तर दिनाजपुर जिल्लाका एक युवकले ती नेपाली बालिकालाई झुटो सपना र राम्रो भविष्यको आश्वासन दिएर भारत लगिरहेका थिए ।
