SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

डोल्पामा बाढी घरभित्र पस्दा एक महिलाको मृत्यु, चारजना घाइते

डोल्पा : जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढीमा परी एक महिलाको ज्यान गएको छ भने चारजना घाइते भएका छन्।आइतबार बिहान करिब ३:०० बजेतिर आएको बाढी घरहरूमा पसेपछि स्थानीय अन्दाजी ५५/५६ वर्षीया आनन्दा विक घरभित्र सुतिरहेको अवस्थामा पुरिएकी थिइन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।